सरकारमा जानेबारे संयोजक महतो भन्छन्, ‘नजाने गाउँको बाटो किन सोध्ने ?’
जनकपुर । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन् ।
शुक्रबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै राजपाका संयोजक महतोले समाजवादी पार्टी सरकारमै रहेकाले तत्काल एकता सम्भव नरहेको बताएका हुन् । उनले देशमा काँग्रेस र कम्युनिष्टको विकल्पमा नयाँ वैकल्पिक शक्तिको खाँचो रहेको बताउदैँ उनले काँग्रेस र नेकपाको विकल्पमा नयाँ वैकल्पिक शक्ति निर्माणको दिशामा अगाडी बढ्ने स्पष्ट पारे । तर सरकारमा गएर वैकल्पिक शक्तिको निर्माण हुन नसक्ने उनको जिकिर थियो ।
संयोजक महतोले सरकार बाहिर रहेका सम्पूर्ण शक्तिलाई जनभावनालाई पूरा गर्नका लागि वैकल्पिक शक्ति निर्माण गर्नमा सहयोगका लागि आग्रह समेत गरे । उनले लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादी लगायतका पार्टीहरुसँग एकताको कुरो भइरहेको जानकारी दिए ।
मन्त्रिमण्डल पुनर्गठनको विषयमा केही बोल्न नचाहेका संयोजक महतोले भने– नजाने गाउँको बाटो किन सोध्ने, हामी सरकारमा छैनौँ र हाम्रो सरोकारको विषय पनि होइन ।
राजपा पनि सरकारमा सहभागी हुने विषयमा महतोले राजपाको सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको स्पष्ट पारे । उनले संविधान संशोधन, आन्दोलनकारी साथीहरु बिरुद्धको मुद्दा फिर्ता लगायतका माँगहरु सम्बोधन नभएसम्म सरकारलाई सहयोग गर्न नसकिने स्पष्ट गरे । उनले हाम्रो माग सम्बोधन नभएसम्म सरकारलाई समर्थन गर्न सक्दैनौँ, त्यसैले सरकारबाट समर्थन फिर्ता लिएर प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण