अब गढीमाई मन्दिरमा परेवाको बली दिनेलाई पाँच हजार जरिवाना
बारा । पशुपक्षीको सर्वाधिक बली चढाइने मन्दिरको रुपमा परिचित गढीमाई मन्दिरमा अब पशुपक्षीको संरक्षण गरिने भएको छ ।
प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेलामा हजारौँको संख्यामा पशुपक्षीको बली दिने गरिएकोमा पशु अधिकारकर्मीहरुका साथै राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा यसको बिरोध हुने गरेको छ ।
यस वर्ष हुन लागेको पंचवर्षीय गढीमाई मेलाको पूर्वसन्ध्यामा परेवा संरक्षण अभियानको घोषणा भएको छ । अभियानको सुरुवात महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादव र बारा जिल्लाका प्रमुख जिल्ला अभिकारी फणीन्द्र मणी पोख्रेलले संयूक्त रुपमा गरेका हुन् ।
अबदेखि यस क्षेत्रमा कसैले परेवा मारेमा वा बली दिएमा पाँचहजार जरिवाना हुनेछ । परेवा संरक्षण अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा पनि यसको सुरक्षा गरि गढीमाईलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्नका लागि गढीमाई मन्दिर र पंचवर्षीय मेलालाई पर्यटन प्रबर्द्र्धनसँग जोडेर लैजाने प्रतिबद्धता नगर प्रमुख यादवले गरे ।
त्यस्तै यसवर्ष हुन लागेको गढीमाई मेलामा हुने पशुबली निरुत्साहित गर्दैै यसको अन्त्य गर्नका लागि पशु कल्याण संघ नेपालले कृषि तथा पशुपक्षी विकास मन्त्रालय, पशु सेवा विभाग, नेपाल भेटेरीनरी एशोसिएसन, बारा जिल्लाका विभिन्न स्थानीय निकायहरुका साथसाथै गढीमाई मेला व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय बारा, स्थानीय महिला समूहहरु, यूवा क्लबहरु, नागरिक समाजका अगुवाहरुका साथसाथै सञ्चार माध्ययमहरुसँगको सहकार्यमा विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरु गरिरहेको छ ।
ह्युमन सोसाइटी इन्टरनेशनलसँगको सहकार्यमा संघले पशुबली निरुत्साहनका लागि जनचेतनामूलक कार्यक्रमहरु गर्ने, स्वयम्सेवक समुहहरु निर्माण गर्ने तथा मेलालाई व्यवस्थित र मर्यादित बनाउन मेला व्यवस्थापन समितिलाई आवश्यक सहयोग गरिरहेको छ ।
बलीका लागि ल्याईने बिरामी जनावरहरुको चेकजाँच गरि फिर्ता पठाउने, पशु बलीको साटो नरीवल, कुभिण्डो जस्ता फलफूलहरुको बली दिने, पैसा र फूल चढाउनका लागि भक्तालुहरुलाई अनुरोध गर्ने योजना रहेको पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण