आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सचिवहरुमाथि सरकारको एक्सनः पुरानै शैलीले काम चल्दैन

आइतबार, ०८ मङ्सिर २०७६, १८ : ०५
आइतबार, ०८ मङ्सिर २०७६

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले सरकारको लक्ष्यअनुसार काम गर्न नसक्ने विभागीय प्रमुखलाई बर्खास्त गर्ने संकेत गरेका छन् । आईतबार मन्त्रालयको समीक्षात्मक बैठकमा मन्त्री बाँस्कोटाले अन्तिम समयमा विभिन्न बहाना देखाउने पुरानै शैली सरकारलाई स्वीकार्य नहुने भन्दै लक्ष्य अनुसारको कार्यप्रगति देखाउन सचिव, सहसचिव तथा विभागिय प्रमुखलाई निर्देशन दिएका छन् ।

उनले भौतिक, वित्तिय र पूँजीगत प्रगति हासिल गर्न नसकेका सचिव, सहसचिव र विभागीय प्रमुखलाई सरकारले लिखित स्पष्टिकरण सोध्ने चेतावनी दिए । उनले काम नगरी धेरै घुम्ने काम बन्द गर्न पनि निर्देशन दिए । उनले भने, ‘भोली प्रधानमन्त्रीकोमा जे पेस हुन्छ, त्यसपछि कुरा यसरी आउँदैन । लिखित आउँछ । निर्देशन लिखित आउँछ । तपाईको जवाफ पनि लिखित चाहिन्छ ।’

उनले प्रतिवेदन बुझाएपछि काम सकियो भनि ढुक्क नबन्न पनि सचेत गराए । उनले दोश्रो चौमासिक समिक्षामा बैठकमा ६६ प्रतिशत काम नसकाएका विभागिय प्रमुखहरु अयोग्य सावित हुने बताए । उनले भने,  ‘६६ प्रतिशत काम नसकाएका विभागिय प्रमुखले थाहा पाउनुहोस् कि म अयोग्य छु ।’ बैठकमा सञ्चार मन्त्रालय मातहतका निकायले आफ्नो कार्यप्रगति विवरण पेश गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप