प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अप्रेसन जारी
मङ्गलबार, १० मङ्सिर २०७६, १२ : ३६
काठमाडौँ । एपेन्डिसाइटिस भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेसन सुरु भएको छ ।
डा रमेश सिंह, दिव्यासिंहलगायतको टोलीले त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरमा प्रधानमन्त्रीको अप्रेसन सुरु गरेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक्कासी पेट दुख्ने समस्या देखिएपछि मंगलबार बिहान प्रधानमन्त्रीलाई अस्पताल लगिएको जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य परीक्षणपछि अप्रेशन गर्न चिकित्सकहरुले सुझाव दिएका थिए ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, यता चारपटक डायलासिस गरिसकेको छ । उनको १२ वर्षअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।
यो पनि....
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
