आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

जनतासँग गरिएका प्रतिबद्धताबाट पछि हट्दिन : पौडेल

मङ्गलबार, १० मङ्सिर २०७६, १३ : ०३
मङ्गलबार, १० मङ्सिर २०७६

कास्की । नेपाली काँग्रेसका तर्फबाट कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले आफूले झुट बोल्न नजान्ने बताउँदै जनतासँग गरिएको प्रतिबद्धतामा पछि नहट्ने बताएका छन् ।

पार्टीको चुनाव प्रचारप्रसारअन्तर्गत पोखरा महानगरपालिका–८ मा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले उम्मेदवार बनेर चुनावी मैदानमा होमिँदै गर्दा जनतासामु गरिएका प्रतिबद्धतालाई निर्वाचन जितेसँगै कार्यान्वयनमा ल्याउन क्रियाशील बन्ने विश्वास व्यक्त गरे ।

नेपाली समाजको रुपान्तरणका साथै यहाँका जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन आफूले छ दशकयता सङ्घर्ष गर्दै आएको बताउँदै उनले काँग्रेस संस्थापक एवं लौहपुरुष गणेशमान सिंहको चेला भएका कारण उनका आदर्शलाई सधैँ शिरोधार्य गर्दै अघि बढिरहेको उल्लेख गरे । 

निर्वाचन क्षेत्रभित्र विद्यमान सडक, खानेपानी, शिक्षालगायतका समस्यामा आफू पूर्णरुपमा जानकार भएको उल्लेख गर्दै उनले यी समस्याको समाधानका साथै यस क्षेत्रलाई स्वच्छ र हराभरा बनाएर यहाँका पर्यटकीय सम्भावनालाई उजागर गरिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप