जनतासँग गरिएका प्रतिबद्धताबाट पछि हट्दिन : पौडेल
कास्की । नेपाली काँग्रेसका तर्फबाट कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले आफूले झुट बोल्न नजान्ने बताउँदै जनतासँग गरिएको प्रतिबद्धतामा पछि नहट्ने बताएका छन् ।
पार्टीको चुनाव प्रचारप्रसारअन्तर्गत पोखरा महानगरपालिका–८ मा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले उम्मेदवार बनेर चुनावी मैदानमा होमिँदै गर्दा जनतासामु गरिएका प्रतिबद्धतालाई निर्वाचन जितेसँगै कार्यान्वयनमा ल्याउन क्रियाशील बन्ने विश्वास व्यक्त गरे ।
नेपाली समाजको रुपान्तरणका साथै यहाँका जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन आफूले छ दशकयता सङ्घर्ष गर्दै आएको बताउँदै उनले काँग्रेस संस्थापक एवं लौहपुरुष गणेशमान सिंहको चेला भएका कारण उनका आदर्शलाई सधैँ शिरोधार्य गर्दै अघि बढिरहेको उल्लेख गरे ।
निर्वाचन क्षेत्रभित्र विद्यमान सडक, खानेपानी, शिक्षालगायतका समस्यामा आफू पूर्णरुपमा जानकार भएको उल्लेख गर्दै उनले यी समस्याको समाधानका साथै यस क्षेत्रलाई स्वच्छ र हराभरा बनाएर यहाँका पर्यटकीय सम्भावनालाई उजागर गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण