सरकारले बाटो बिरायो: महत
कास्की । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकार बाटो बिराएकाले लोकतान्त्रिक पद्धतिमा ल्याउन आफ्नो पार्टीको उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् । पोखरा–२० भलाममा आज आयोजित चुनावीसभामा उनले अहिलेको राजनीतिक परिस्थितिको विश्लेषण गरेर मतदान गर्न आग्रह गरे ।
काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले अहिलेको उपनिर्वाचन सदाचार, विचार, न्याय र अन्याय तथा स्वतन्त्रता र निरङ्कुशता बीचको लडाइँ भएको बताए। मुलुकको समस्या समाधान गर्न सक्ने पार्टी काँग्रेसमात्र भएको भन्दै उनले काँग्रेस जनतासामु गरेका वाचा सधैँ पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । काँगे्रस प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको सरकारले अनावश्यक सपना मात्रै बाँडेको आरोप लगाए । उनले खेमराज पौडेल चुनाव जितेर गएपछि संसद्मा बोल्दै गर्दा कास्कीका नागरिक बोलेको आभास हुने बताए ।
उम्मेदवार पौडेलले जनताको अपेक्षामाथि ठेस पुग्न नदिने उल्लेख गर्दै अहिलेको चुनाव भनेको जनताको शक्ति देखाउने चुनाव भएको बताए । चुनावीसभामा केन्द्रीय सदस्य अर्जुन जोशी, धनराज गुरुङ, उमा रेग्मी, पूर्वसांसद शारदा पौडेल, सांसद विन्दा राना, गण्डकी प्रदेशसभा सदस्य तथा चुनावी कमान्डर विन्दुकुमार थापा र नेता शुक्रराज शर्मालगायतले आ–आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण