नाट्टाले पर्यटकलाई १० प्रतिशत छुट दिने
काठमाडौं । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपाल भ्रमण वर्ष अवधिभर पर्यटकलाई १० प्रतिशत छुट दिने भएको छ । उक्त प्रयोजनका निम्ति भ्रमण वर्ष सचिवालयका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्य र नाट्टाका अध्यक्ष सिएन पाण्डेबीच आज एक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । चौध बुँदे समझदारीपत्रमा भ्रमण वर्षमा छुट दिने, अन्तर्राष्ट्रिय ट्राभलरको सम्मेलन नेपालमा गर्ने तथा दोस्रो बुद्धिष्ट ट्राभल मार्ट आयोजनालगायतका कार्यक्रम छन् ।
नाट्टाका अध्यक्ष पाण्डेले भ्रमण वर्षलाई सहयोग पु¥याउने उद्देश्यका साथ उक्त अभियान अवधिभर संस्थाले ट्राभल एजेन्सीबाट लिने टुर प्याकेजमा पर्यटकलाई १० प्रतिशत छुट दिलाउने नयाँ कार्यक्रम घोषणा गरेको जानकारी दिए । भ्रमण वर्षका संयोजक वैद्यले सातै प्रदेशमा पर्यटक लैजाने गरी तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका थिए । भ्रमण वर्षको अवसरमा नाट्टाले छिट्टै विदेशी एयरलाइन्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतको नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने र त्यसले शीघ्र सञ्चालनको तयारीमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलमा उडान व्यवस्थापनका लागि सहयोग पुग्ने अध्यक्ष पाण्डेको भनाइ छ ।
त्यसैगरी सन् २०२० को मार्च महिनामा दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट आयोजना गर्न र त्यहाँ ५० देशका टुर अपरेटरलाई सहभागी गराउने नाट्टाको योजना छ । गत वर्ष नाट्टाले आयोजना गरेको पहिलो मार्टमा ३० देशका पर्यटन व्यवसायी सहभागी थिए । भ्रमण वर्षका दौरानमा संस्थाले अन्य प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिने अध्यक्ष पाण्डेले बताए । देशभरका टुर एण्ड ट्राभल व्यवसायीको छाता सङ्गठन नाट्टा राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण संस्थाको रुपमा मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण