बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

मध्य पहाडमा पाइने बहुमूल्य सालक सिरहामा भेटियो

शुक्रबार, १३ मङ्सिर २०७६, १२ : २३
शुक्रबार, १३ मङ्सिर २०७६

सिरहाको सुखीपुरमा फेला परेको मध्यपहाडी क्षेत्रमा मात्र पाइने अनौठो जनावर सालक वन कार्यालयको जिम्मा लगाइएको छ । सुखीपुर नगरपालिका–१० निवासी कारी साहको करेसाबारीमा बिहीबार साँझ फेला परेको सालक डिभिजन वन कार्यालय लहानलाई जिम्मा लगाएको हो ।

झट्ट हेर्दा यो जीव अनौठो र तराई मधेशमा कहिले नदेखिएको र कसैलाई नाम पनि थाहा नभएको सो जनावर रौँ हेर्दा गोहीजस्तो देखिन्छ । उक्त जनावर सालक भएको डिभिजन वन कार्यालय सिरहा लहानका डिभिजनल वन अधिकृत सुभाषचन्द्र दासले बताए । बिक्रीका लागि प्रतिबन्धित सो सालक बहुमूल्य मानिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप