नेपाल महिला भलिबलको सेमिफाइनलमा
शुक्रबार, १३ मङ्सिर २०७६, १४ : ३२
काठमाडौं । नेपाल १३ औं साग महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको समूह चरणको खेलमा भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।
भारतले बंगलादेशमाथि २५–८, २५–११, २५–९ को जित निकालेको थियो । समूह ‘ए’ मा रहेको नेपाल उपविजेता बन्यो । भारत विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । भारतले नेपाल र बंगलादेशलाई हराएको थियो । नेपालले भने बंगलादेशलाई हराएको थियो ।
लगातार दुई हारसँगै बंगलादेश समूह चरणबाट बाहिरएको छ । नेपालले सेमिफाइनलमा समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ । जसमा श्रीलंका र माल्दिभ्समध्ये एक टोली नेपालको प्रतिद्वन्ी हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण