बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
सारांश
- बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले शुक्रबार राजीनामा दिएका छन् ।
ढाका । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले राजीनामा दिएका छन् । शुक्रबार राष्ट्रपति शाहाबुद्दिनले राजीनामा दिएका हुन् ।
स्थानीय सञ्चारमाध्यमहरूले उनको राजीनामाको पुष्टि गरेको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार प्रकाशित गरेको छ । शाहाबुद्दिन अप्रिल सन् २०२३ देखि बंगलादेशको राष्ट्रपतिका रूपमा कार्यरत थिए । उनले देशको निकै संवेदनशील अवस्थामा राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए ।
सन् २०२४ को अगस्टमा सरकारी जागिरमा आरक्षणको विरोधमा विद्यार्थी आन्दोलन अनियन्त्रित भएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत भागेकी थिइन् । त्यसपछि देशमा उत्पन्न भू–राजनीतिक अस्थिरताका बिच अन्तरिम सरकार गठन नहुँदासम्मको संक्रमणकालीन अवधिमा शाहाबुद्दिनले राष्ट्रपतिको भूमिका निर्वाह गरेका थिए ।
बंगलादेशको संविधानअनुसार राष्ट्रपति राष्ट्र प्रमुख भए पनि यो पद मुख्यतः औपचारिक मात्र मानिन्छ । कार्यकारी अधिकार भने प्रधानमन्त्री र मन्त्रिपरिषदमा निहित हुन्छ । शाहाबुद्दिन शेख हसिनाका पुराना सहयोगी मानिन्छन् ।
स्रोतहरूका अनुसार हसिनाले स्वदेश फर्कने घोषणा गरेपछि सरकारमाथि उनका उच्च पदमा रहेका अन्तिम सहयोगीलाई पनि हटाउन सार्वजनिक दबाब बढेको थियो । साेही कारण सरकारकै आग्रहमा शाहाबुद्दिनले पद छाड्न सहमति जनाएको बताइएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण