नेपाली मुलकी अस्मिता एस्टन भिल्लामा
एजेन्सी । नेपाली मुलकी फुटबलर अस्मिता आले इङ्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लामा अनुबन्ध भएकी छन् । अस्मिता पूर्व गोर्खा सैनिक अमृत आलेकी छोरी हुन । अमृतको पुख्यौली घर तनँहु दमौली हो ।
बेलायतमै हुर्किएकी अस्मिता सोही क्लबको एकेडेमीबाट खेल्दै आएकी थिइन् । उनलाई शुक्रबार क्लबले ब्यवसायिक सम्झौता गरेको हो । १८ वर्षीया अस्मिता आठ बर्षको उमेरदेखि एस्टन भिल्लाको एकेडेमीमा आबद्ध भएकी थिइन् । रक्षक उनले उमेर समूहको हरेक खेलमा उत्कृष्ट प्रदर्शन गरेका कारण क्लबले अनुबन्ध गरेको बताइएको छ ।
‘व्यवसायिक फुटबल खेल्ने मेरो सपना हो । सानैदेखि खेल्दै आएको क्लबमा व्यवसायिक रुपमा अनुबन्धित हुन पाउँदा खुशी लागेको छ । म अझै आत्मविश्वासी भएकी छु,’ सम्झौतापछि अस्मिताले भनेकी छन् । अस्मिताले इङल्यान्डको यू–१९ राष्ट्रिय महिला टोलीबाट खेलिसकेकी छिन् । उनले युइएफए वुमन्स यू–१९ च्याम्पियनसिप छनोट खेल पनि खेलेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण