पोखरामा ढिस्कोमा पुरिएर एकै गाउँका पाँचको मृत्यु, एकजना जोगिए
पोखरा । पोखरा महानगरपालिका–२० मौजामा नाली खन्ने क्रममा पुरिएर ५ जनाको मृत्यु भएको छ । ढिस्को पुरिएर मृत्यु हुने सबै एकै गाउँका हुन् ।
सडकको नाली खन्ने क्रममा पुरिनेमा खिमलाल ओली, गणेश ओली, बिजबहादुर बस्नेत, जोगेन्द्र बुढाथोकी, र दोभान बस्नेत रहेको वडाध्यक्ष सिम गुरुङले जानकारी दिए ।
नाली खन्ने क्रममा एक्कासी ढिस्कको खसेर उनीहरु पुरिएका थिए । नाली खन्न मजदुर ७ मध्ये एकजना भागेर बाँच्न सफल भएका छन् ।
उनलाई सामान्य चोट लागेको वडाध्यक्ष गुरुङले जानकारी दिए । भागेर बाँच्न सफल भएका खिमलाल बस्नेत हुन् ।
पुरिने मजदुर सबै सल्यानको बागचौर नगरपालिका–४ पेदीखोला स्थायी ठेगान भई हाल पोखरामा मजदुरी गर्दै आईरहेका थिए ।
पुरिएका ५ मध्ये तोभान बस्नेत, खिमलाल बस्नेत र गणेश ओलीको शव झिकीसकेको वडाध्यक्ष गुुरुङले जानकारी दिए । उद्दारका लागि सशस्त्र प्रहरी र आर्मी पनि खटिएको छ ।
बाँकी २ को शव निकाल्ने क्रम जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण