नबिल बैंकको ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा
नबिल बैंकले ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । उक्त सेवा केन्द्रले आफ्ना ग्राहकहरुलाई चौबिसै घण्टा, वर्षैभरी हरेक दिन सेवा प्रदान गर्नेछ ।
नबिल ग्राहक सेवा केन्द्रले ग्राहकहरुकालागि एकल विन्दुको रुपमा काम गर्नेछ ।
बैंकको ग्राहक सेवा केन्द्रमा अत्याधुनिक प्रविधि राखेर ग्राहकहरुलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्ने नबिल बैंकले जनाएको छ ।
यसले देश तथा बिदेश मा रहेका ग्राहकलाई सूचना आदान–प्रदान गर्ने कार्य गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, “बैंकको यस ग्राहक सेवा केन्द्र ले हाम्रा ग्राहकलाई अझै उत्कृष्ट सेवा प्रदान गर्न मद्दत गर्नेछ । ग्राहक सेवा केन्द्रले नबिल बैंकले मुख्य रुपमा जोड दिदै आएको ग्राहक सेवा केन्द्रलाई थप सुधार गर्ने र अझ परिस्कृत बनाउनका लागि बल प्रदान गर्नेछौँ”
नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ९२ शाखाहरु, १४२ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नबिनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै यसले नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दैआएको छ ।
यसले ग्राहकको सन्तुष्टिसहित आधुनिक बैंकिङ युगको शुरुवात गर्नुका साथै आफ्नो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदान गर्नेतर्फ केन्द्रित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण