त्रियुगा र चौदण्डीमा जङ्गली हात्तीको त्रास
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका चौदण्डी नगरपालिकाका गाउँमा रातिको समयमा जङ्गली हात्ती गाउँमा प्रवेश गरेर उपद्रो गर्न थालेपछि यस क्षेत्रका स्थानीयवासी त्रसित बन्न थालेका छन् । त्रियुगा नगरपालिका–१ को जोगिदह, मोथ्याई र वडा नं २ का खैजनपुर क्षेत्रमा रातिको समयमा हात्ती गाउँमा प्रवेश गरेर घरको अन्न खाइदिने र धानबाली नष्ट गर्न थालेको खैजनपुरका सीताराम कार्कीले बताए ।
स्थानीय श्री परियारको घर र गुणराज कार्कीको घरभित्रको बीस मुरीभन्दा बढी धानसमेत खाइदिएको र अन्य बगैंचा समेत बिगार गरेको स्थानीयवासी गुणराज कार्कीले बताए । जोगिदहमा पनि रातिको समयमा हात्ती प्रवेश गरेर गाउँघरको धानबाली नष्ट गर्ने र घरवरिपरिका बगैंचाहरु नष्ट गर्न थालेको जोगिदहका स्थानीयवासी भगेन्द्र चौधरीले बताए ।
डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत जागेश्वर साहले जङ्गली हात्तीहरु कोशीटप्पु संरक्षण क्षेत्रबाट प्रवेश गरेको हुन सक्ने जनाउँदै नियन्त्रणको पहल शुरु गरेकोे बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण