भक्तपुरको राधेराधेमा टिप्परले पैदल यात्रीलाई ठक्कर दियो, १ जनाको मृत्यु
सोमबार, १६ मङ्सिर २०७६, १४ : १९
भक्तपुर । मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा टिप्परले ठक्कर दिँदा पैदल यात्री उदयपुर चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर विकको मृत्यु भएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले टिप्परले ठक्कर दिई घाइते विकलाई तत्कालै उपचारका लागि इवामुरा मेमोरियल अस्पताल लगिएकामा मृत्यु भएको बताए ।
ठक्कर दिई फरार रहेको सवारी साधनलाई सिसी टिभीबाट प्राविधिक अनुसन्धान तथा विभिन्न स्थानमा प्रहरी टोली खटिई खोजी गर्ने क्रममा काठमाडौं कोटेश्वर तीनकुनेबाट बा.३ख. २५३१ नंको टिप्पर र चालक काभ्रे महाभारत गापा–८ घर भई हाल काभ्रे साँगा बस्ने ३० वर्षीय सिद्धिमान तामाङलाई पक्राउ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण