शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भक्तपुरको राधेराधेमा टिप्परले पैदल यात्रीलाई ठक्कर दियो, १ जनाको मृत्यु

सोमबार, १६ मङ्सिर २०७६, १४ : १९
सोमबार, १६ मङ्सिर २०७६

भक्तपुर । मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा टिप्परले ठक्कर दिँदा पैदल यात्री उदयपुर चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर विकको मृत्यु भएको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले टिप्परले ठक्कर दिई घाइते विकलाई तत्कालै उपचारका लागि इवामुरा मेमोरियल अस्पताल लगिएकामा मृत्यु भएको बताए ।

ठक्कर दिई फरार रहेको सवारी साधनलाई सिसी टिभीबाट प्राविधिक अनुसन्धान तथा विभिन्न स्थानमा प्रहरी टोली खटिई खोजी गर्ने क्रममा काठमाडौं कोटेश्वर तीनकुनेबाट बा.३ख. २५३१ नंको टिप्पर र चालक काभ्रे महाभारत गापा–८ घर भई हाल काभ्रे साँगा बस्ने ३० वर्षीय सिद्धिमान तामाङलाई पक्राउ गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप