‘प्रेमगीत ३’मा यस्तो छ अभिनेता शिव श्रेष्ठको गेटअप
काठमाडौं । ‘प्रेमगीत ३’ अहिले छायाँकन भइरहेको फिल्म हो । निर्माण घोषणा समयदेखिनै चर्चामा रहन सफल फिल्मले छायाँकन सँगसँगै प्रचार प्रसारलाई पनि अगाडि बढाई रहेको छ ।
यस्तैमा निर्माण युनिटले अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । पोष्टरमा अभिनेता श्रेष्ठ राजाको गेटअपमा क्रोधित अवतारमा देखिएका छन् ।
फिल्मको अहिले मनाङ आसपासका स्थानमा छायाँकन भइरहेको छ । राजधानीमा एक भव्य दरबारको सेट बनाएर ४० प्रतिसत छायाँकन गरिएको फिल्म केही दिन पहिले आउटडोर छायाँकनका लागि मनाङ पुगेको हो ।
सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्बृद्धि शाही ठकुरीलगायतका कलाकारको मुख्य अभिनय रहनेछ ।
प्रेमकथामा बन्न लागेको यो फिल्मको रिलिज मिति चैत २८ गते तोकिएको छ । सेन फिल्मस् प्रोडक्सनको व्यानरमा बन्न लागेको फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीत छ ।
फिल्म निर्माणमा सन्तोषसँग चक्र बहादुर चन्द, डम्बर विक्रम सेन, कुमार सेन र ओएसआर डिजिटलले सहकार्य गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण