चोरीमा संलग्न चारजना उपत्यकाबाट पक्राउ
काठमाडौँ । प्रहरीले उपत्यकालाई आधार क्षेत्र बनाएर चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । समूह बनाएर चोरी गर्दै आएको उक्त समूहलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको हो ।
वृत्तका प्रमुख उमेश लम्सालका अनुसार चोरिएको सामानसहित चोरी गर्ने चारजनाको समूहलाई बुधबार उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा नुवाकोटका २७ वर्षीय भुवन नेपाली, नुवाकोटकै २२ वर्षीय रोज परियार, सिन्धुपाल्चोकका २७ वर्षीय सुवास खड्का र झापाका ५१ वर्षीय ख्यामराज घिमिरे रहेका छन् ।
उनीहरुको साथबाट ५७ हजार ५०० रुपैयाँ नगद समेद बरामद भएको लम्सालले बताए । यस्तै ३ वटा मोबाइल, डेढ तोला सुनको गहना र चोरी गर्न प्रयोग गरिने फलामको रडसमेत बरामद भएको छ ।
पक्राउ परेका चारै जनामाथि जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण