नक्कली बिल भरपाई पेश गरी भ्रष्ट्राचार गरेको आरोपमा मुद्दा दायर
काठमाडौं । नक्कली बिल भरपाई पेश गरी सरकारी रकम भ्रटाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय पाल्पामा कार्यरत कल्पना पौडेल (पब्लिक हेल्थ नर्सिङ छैटौँ) विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयबाट परिवार नियोजन शिविर सञ्चालन गर्ने क्रममा बन्ध्याकरणका आवश्यक सरसामान ढुवानी गर्ने, लाभग्राही लिन र पु¥याउने जाने प्रयोजनका लागि गाडी भाडामा लिँदा रु ८१ हजारको फर्जी बिल बनाई सरकारी सम्पत्तिको हानी नोक्सानी गरेको भन्दै आयोगले मुद्दा दायर गरेको हो । निज पौडेललाई सोही रकम बराबरको बिगो माग दाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यसैगरी सेवाग्राहीसँग घुस लिँदालिँदै आयोगको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ । सो कार्यालयमा कार्यरत नायब सुब्बा नारायणराज मिश्रले सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सोही कार्यालयका कार्यालय सहयोगी (करार) भाइकाजी गौतमलाई रु ४० हजार घुस दिन लगाएको आयोगले जनाएको छ । सेवाग्रहीबाट उक्त घुस रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाट दुवै जनालाई नियन्त्रणमा लिइएको र अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण