प्रिमियर ‘माछा माछा’लाई मिश्रित प्रतिक्रिया
काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘माछा माछा’को बुधबार साँझ प्रिमियर भएको छ ।
कमलपोखरी स्थित बिग मुभिजनमा आयोजित प्रिमियरमा फिल्मका कलाकार र रंगपत्रकार बाहेक अन्य सेलिब्रेटीको उपस्थिति न्युन रहेको थियो ।
प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । प्रिमियरमा सहभागी अधिकांशले फिल्म ठिकै ठिकै भएको बताए ।
अपराधसँग कमेडी बिषय जोडीएको फिल्म रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले मिलेर बनाएका हुन् ।
कार्यक्रममा निर्माता दयाहाङ राइले फिल्मबाट आफूलाई ठुलो कमाई हुन्छ भन्ने आस नभएको बताए । ‘अहिले कुनै फिल्मले पनि व्यवसाय गरेको छैन’ राइले भने ‘लगानी त सुरक्षित हुन्छ होला ।’
तीन युवाले शहरिया जीवनमा स्थापित हुन रोज्ने अपराधको बाटो र त्यसमा गर्नुपर्ने संघर्ष फिल्मले कथा बनाएको छ ।
सुनिल गुरुङले निर्देशन गरेको फिल्ममा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, नम्रता श्रेष्ठ, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धुर्व कोइराला, बसन्त भट्टलगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित (तस्बिरहरू)
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण