१४ वर्षपछि एकै फ्रेममा देखिए रानी र ऐश्वर्या, यसरी सुरु भएको थियो शीतयुद्ध
१४ वर्षपछि रानी मुखर्जी र ऐश्वर्या राय बच्चन एकैसाथ एउटै फ्रेममा श्रीदेवीको जन्मदिन पार्टीमा देखिए । दुबैबिच सन् २००३ मा शाहरुख खानको फिल्म ‘चलते चलते’ को विषयमा तनाव सुरु भएको थियो । वास्तवमा यो फिल्मबाट ऐश्वर्या रानीका कारण बाहिरिनुपरेको थियो । यहिँबाट दुबै नायिकाबिच शीतयुद्ध सुरु भएको थियो ।
दुबैको शीतयुद्ध त्यतिबेला बढ्यो जब ऐश्वर्याले रानीका पूर्वप्रेमी अभिषेक बच्चनसँग विवाह गरिन् । उनीहरुको विवाहमा रानीलाई निमन्त्रण दिइएको थिएन जसका कारण यी दुई नायिकाबिच चलिरहेको बारे सबैलाई थाहा भयो ।
यसबारे जब रानीलाई एक अन्तर्वार्तामा सोधियो तब उनले भनेकी थिइन्, ‘मलाई विवाहमा नबोलाउनुको कारण अभिषेकले मात्र बताउन सक्छन् ।’
‘वास्तवमा यो हो कि जब कोही व्यक्तिले तपाईंलाई विवाहमा आमन्त्रण गरेनन् भने तपाईं अन्दाज गर्न सक्नुहुन्छ कि तपाईं उनको जीवनमा कहाँ हुनुहुन्छ ।’
‘मानिसहरु यो भ्रममा थिए कि हामी साथी हौं तर वास्तवमा भन्नुपर्दा हाम्रो दोस्ती सेटमा मात्र रह्यो को–स्टारसम्म मात्र सिमित थियो ।’
रानीले उक्त अन्तर्वार्तामा भनेकी थिइन्, ‘यो मेरो लागि महत्वपूर्ण भएन । यद्यपी, यसले यो कुरा स्पष्ट भयो कि हामी को–स्टारमात्र थियौं साथी होइन ।’
‘जीवनमा थुप्रै कुराहरु भए जसलाई मैले बुझ्न सकिनँ । यद्यपी उनीहरुले धेरै वर्षअघि विवाह गरिसकेका छन् ।’
‘अब हामी सबै अगाडि बढिसकेका छौं । म सधैं उनको (अभिषेक) सँग कामलाई राम्रो यादको रुपमा स्मरण गर्नेछु ।’
ऐश्वर्यासँगको सम्बन्धमा यस्तो थियो रानीको प्रतिक्रियाः
रानी र ऐश्वर्या कुनै बेला निकै मिल्ने साथी थिए । अन्तर्वार्तामा उनले आफ्नो सम्बन्धबारे पनि कुरा गरेकी थिइन् ।
उनले भनेकी थिइन्, ‘यो कुरा तपाईंले उनलाई (ऐश्वर्या) लाई सोध्नुपर्छ । हामी सधैं एक–अर्काका प्रशंसक हौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण