‘घरजम’को राजधानीमा प्रिमियर
काठमाडौं । फिल्म ‘घरजम’को प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मूभिजमा बिहीबार आयोजित प्रिमियर कलाकार, पत्रकार तथा अन्य ब्यक्तिहरुको समेत उपस्थिती रहेको थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, चलचित्र निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृता सुनुवारलगायत प्रिमिएरमा अतिथिका रुपमा रहेका थिए ।
मौसम ईम्बुङ लिम्बुद्वारा निर्र्देशित चलचित्र ‘घरजम’को यसअघि पुर्वमा प्रिमियर शो गरिएको थियो । राजधानीमा भने पहिलो पटक शो गरिएको हो ।
‘घरजम’ हेरेपछि दर्शकले सकरात्मक प्रतिक्रिया दिएका थिए । ‘फिल्म धेरै राम्रो बनेको रहेछ’ गायक दिवश पयाँगूले भने, ‘कल्चरल भनिएपनि व्यवसायी फिल्म भन्दा कम छैन ।’
प्रिमियरपछि व्यवस्थापक तथा फिल्म प्रदर्शन संयोजक शैलेन्द्र थेबेले राजधानीका दर्शकले पनि ‘घरजम’ रुचाएको बताए ।
‘घरजम’मा पुर्वी नेपालको लिम्बू सदमुदाय तथा त्यहाँको जनजीवनलाई जस्तको तस्तै समेटिएको छ । चलचित्रमा सिर्जना सुब्बा, बुद्धि तामाङ, यासेली योङहाङ, शैलेन्द्र थेबे, कुशल थलङ, सुष्मा खेवा लिम्बू, किशोर पन्धाक, सीता तुम्बापो पन्धाक, हेमराज अन्छङ्बो, बबिता फोम्बो, इशिका जबेगु, जीवन भट्टराई, भरतमणि पौडेललगायतको मुख्य अभिनय रहेको छ ।
रोमियो फिल्मस् प्रालिको ब्यानरमा निर्मित ‘घरजम’मा किशोरकुमार लिम्बु र सीताकुमारी तुम्वापोको निर्माण तथा तेज मेन्याङबोको सहनिर्माण रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण