सागको छैटौँ दिन : कुन देशले जिते कति स्वर्ण ? (तालिकासहित)
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को छैटौँ दिनसम्म १ सय ६९ वटा स्वर्ण पदकको टुंगो लागेको छ ।
प्रतियोगिताको पहिलो र दोस्रो दिन पदक तालिकामा अग्रस्थानमा रहेको नेपाल छैटौँ दिन पुग्दा भारत भन्दा४० स्वर्णले पछि छ । भारतले अहिलेसम्म ८१ वटा स्वर्ण पदक हात पारेको छ । यता नेपालले ४१ वटा स्वर्ण पदकमा बाजी मारेको छ ।
नेपाल ४१ स्वर्ण सहित तालिकाको दोस्रो स्थानमा रहँदा श्रीलंका २३ स्वर्ण सहिता तेस्रो स्थानमा छ भने पाकिस्तान १९ स्वर्ण सहित चौथो स्थानमा छ । यता बंगलादेशले ४ स्वर्ण जित्दै प्रतियोगिताको पाँचौ स्थानमा रहेको छ भने माल्दिभ्सको एक स्वर्ण छ । भुटानले हालसम्म स्वर्ण पदकमा खाता खोल्न सकेको छैन् ।
प्रतियोगितामा भारतले ५९ रजत जितेको छ । रजतमा पनि भारत शीर्ष स्थानमा छ । श्रीलंकाले ४२ रजत जित्दा नेपाल २७, पाकिस्तान २५ र बंगलादेशले १८ रजत जितेको छ । माल्दिभ्स र भुटान रजत विहीन अवस्थामा छन् ।
श्रीलंका ६९ काँस्यमा जितेको छ । यता बंगलादेशले ५१ नेपालले ४८, पाकिस्तानले २९, भारतले २५, भुटानले ६ र माल्दिभ्स २ वटा काँस्य जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण