नेपालको भूमि अतिक्रमणविरुद्ध भारतीय राजदूतावासमा विरोध पत्र पेश
नेपालको भूमि अतिक्रमणविरुद्ध अमेरिकाको राजधानी वाशिंगटन डिसी स्थित भारतीय राजदूतावासमा एनआरएनए अमेरिकाद्वारा विरोध पत्र पेश गरेको छ ।
भारतीय सरकारले हालै प्रकाशित गरेको नक्शामा नेपालका भूभागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रहरु गलत तरिकाले नक्शाभित्र पारिएको भन्दै भारतीय राजदुतावासमा एनआरएनए अमेरिकाद्वारा विरोध पत्र पेश गरेको हो ।
उक्त अवसरमा गैरआवासीय नेपाली संघ आईसिसि उपाध्यक्ष रबिना थापा, अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी ,एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडे, उपाध्यक्ष कृण्ण जीबी पन्थ, बोर्ड अफ डायरेक्टर छत्र गुरुग,मेरिल्याण्ड च्याप्टर अध्यक्ष डोलनाथ घिमिरे एबं समाजसेवी प्रेम कुमार श्रेष्ठको उपस्थित रहेको थियो।
उक्त अवसरमा नेपालको सार्वभौम भूमि आफ्नै सिमाभित्र सुरक्षित गर्नका लागि सघाउन समेत सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरिएको छ । यद्यपी दुई देश बीचको सिमा समस्या दुईपक्षीय कुटनीतिक संवाद मार्फत समाधान हुनुपर्नेमा एनआरएनएले जोड दिएको छ ।
एनआरएनए आईसिसिले शुरु गरेको यस अभियानलाई बिश्वभर रहेका एनआरएनए एनसीसीहरुले अभियानका रुपमा अगाडी बढाउने क्रममा भारतीय दूतावासमा एनआरएन एनसिसि अमेरिकाले विरोध पत्र पेश गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण