मोटरसाइकल र एम्बुलेन्स ठोकिँदा दुईको मृत्यु, एक घाइते
सोमबार, २३ मङ्सिर २०७६, १२ : ३२
सिरहा । सिरहा सिरहाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहको गोलबजार नपा ४ मुख्य चोकमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको स ६ प ८०६२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको स. १ च ६९३ नम्बरको एम्बुलेन्स एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नपा १२ सारस्वरका ३५ वर्षीय विष्णु महरा र २४ वर्षीय राकेश मण्डलको मृत्यु भएको छ ।
महराको घटनास्थलमै र मण्डलको उपचारको लागि विराटनगर लानेक्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर जनक पुरीले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण