साग पुरुष क्रिकेट: नेपाललाई कास्यपदक
काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै कास्य पदक जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा तेस्रो स्थानको लागि आज भएको भिडन्तमा नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै कास्य पदक जितेको हो । माल्दिभ्सले दिएको ९५ रनको सामान्य लक्ष्यलाई नेपालले १६ दशमलव १ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो ।
नेपालको जितमा आरिफ शेखले सर्वाधिक ३२ रनको योगदान दिए भने कप्तान ज्ञानेन्द्र मल्लले २२ रन जोडे । त्यस्तै रोहित पौडेलले १५ रन जोड्दा पवन सर्राफ १० तथा विनोद भण्डारीले १२ रनको योगदान गरे । बलिङतर्फ माल्दिभ्सका उमर अदमले ३ विकेट झारे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको माल्दिभ्स निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रनमा समेटिएको थियो । उसका लागि लिम साफेगले सर्वाधिक १९ रनको योगदान दिनुभयो भने मोहमद रिसवानले १७, कप्तान मोहमद माफोजले १६ तथा अमिल माउरुफले १३ रन जोड्नुभयो । माल्दिभ्सलाई ९४ रनमा समेट्नेक्रममा नेपालका ललितनारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिए ।
नेपाल पहिलो खेलमा श्रीलङकासँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भूटानलाई १४१ रनले हराएको थियो । त्यसैगरी माल्दिभ्सलाई ८४ रनले हराएको थियो । बङ्गलादेशसँग ४४ रनले पराजित भएपछि नेपालको स्वर्ण पदक जित्ने संभावना समाप्त भएको थियो । पुरुषतर्फ स्वर्ण पदकका लागि आज नै श्रीलङ्का र बङ्गलादेश भिड्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण