भारतले १८ स्वर्ण जित्दा नेपाल पदकविहीन
काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत सुटिङ खेलमा कूल २० स्वर्ण पदकमध्ये भारतले १८ स्वर्ण पदक जितेको छ । स्वर्ण, रजत र कास्य गरी कूल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, सात रजत र चार कास्य गरी २९ पदक जित्न सफल भयो ।
त्यस्तै दोस्रो स्थानमा रहेको पाकिस्तानले दुई स्वर्ण, पाँच रजत र सात कास्यसहित १४ पदक हात पारेको छ । कुनै पनि स्वर्ण नजितेको बङ्गलादेशले कूल १० पदक हात पार्न सफल भयो । बङ्गलादेशले छ रजत र चार कास्य पदक जितेको हो । चौथो स्थानमा रहेको श्रीलङ्काले दुई रजत र पाँच कास्य गरी कूल सात पदक हात पारेको छ । माल्दिभ्स, भूटान र नेपाल पदकविहीन रहे ।
सुटिङको अन्तिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदक जित्दा श्रीलङ्काले रजत र बङ्गलादेशले कास्य पदक जिते । सातदोबाटोस्थित सुटिङ रेञ्जमा भएको १० मिटर एयर पेस्तोल मिक्स इभेन्टमा भारतले स्वर्ण पदक हात पारेको हो । यसको समूह चरणमा नेपाली टोली पाँचौँ हुँदै बाहिरिएको थियो । भारतका अनुराज सिंह र श्रवण कुमारको टोलीले १६ अङ्कसहित स्वर्ण पदक जितेको हो । स्वर्ण पदकको भिडन्तमा श्रीलङ्काका एलभिस केएआई र फर्नान्डो टिडिएसको जोडी आठ अङ्कमा रोकिएको थियो ।
कास्य पदकका लागि भने बङ्गलादेश र पाकिस्तानले प्रतिस्पर्धा गरेका थिए जसमा बङ्गलादेश बाजी मार्न सफल भयो । बङ्गलादेशका एड्रिना फिर्दोस र सकिल अहमदको जोडीले १७ अङ्कका साथ कास्य पदक जित्दा पाकिस्तानका अन्न इवित्स र गुलफम जोसेफ ७ अङ्कमा रोकिँदै चौथो स्थानमा रहे । विजेता खेलाडीलाई प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपाल सुटिङ सङ्घका अध्यक्ष पुष्पदास श्रेष्ठले पदक प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण