स्वास्थ्यचौकी इन्चार्ज पक्राउको विरोधमा डोटीमा स्वास्थ्यकर्मीहरु आन्दोलित
डोटी । डोटीमा मङ्गलबारदेखि स्वास्थ्यकर्मीहरुले आन्दोलन गर्ने भएका छन् । जोरायल गाउँपालिका वडा नम्बर १ मा रहेको खार खोप केन्द्रमा गत मंगलबार खोप लगाउँदा हेलचेक्र्याइँ गरेर स्थानीय ५ महिने शिशु प्रविण मल्लको मृत्यु भएको पीडित पक्षको किटानी जाहेरीपछि पक्राउ परेका घण्टेश्वर स्वास्थ्यचौकी इन्चार्ज हिरादत्त भट्टको रिहाईको माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रने भएका हुन् ।
आन्दोलनका कार्यक्रम अनुसार आज मङ्सिर २४ गते कालो पट्टी बाँधेर विरोध गर्ने, २५ गते जिल्लाभरि खोप सेवा बन्द गर्ने र आगामी पुस १ गतेदेखि जिल्ला भरी नै आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य सेवा बन्द गर्ने संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । यस विषयमा स्वास्थ्यकर्मीहरुले हिजो सोमबार डोटीका प्रमुख जिल्ला अधिकारीमार्फत् गृह सचिवलाई ज्ञापन पत्र समेत पठाएका छन् ।
मृत्यु अघि शिशुलाई एफआइपिभी र डिपिटी पेण्टा खोप लगाइएको तथा पोलियो थोपा खुवाइएको घण्टेश्वर स्वास्थ्यचौकी इञ्चार्ज भट्टले बताए । खोपकै कारण मृत्यु भए नभएको विषय अनुसन्धानबाट मात्रै पत्ता लाग्ने र आफ्नो दोष नरहेको उनको दावी छ ।
स्वास्थ्यचौकी इञ्चार्ज भट्टको रिहाइको माग गर्दै स्वास्थ्यकर्मीहरुले प्रविणको मृत्युको विषयमा अनुसन्धानमा पूर्ण सहयोग तथा समन्वय गर्ने र स्वास्थ्यकर्मीमाथि खोप ऐन तथा नियमावली अनुसारको मुद्दा दर्ता भई अनुसन्धान हुनुपर्ने उनीहरुले माग गरेका छन् ।
उता शिशु प्रविणको खोप लगाइएको राती नै आमासँगै सुतेको अवस्थामा मृत फेला परेकाले खोपकै कारण मृत्यु भएको र खोप लगाउँदा स्वास्थ्यचौकी इन्चार्ज भट्टले हेलचेक्र्याइँ गरेको पीडित परिवारको दावी छ ।
दिउँसो साढे २ बजेतिर खोप लगाइएको र साँझपख आमासँगै सुतेका प्रविण राति मृत फेला परेको प्रविणका बाजे टेकबहादुर मल्लले बताए ।
घटनाको सत्यतथ्य छानबिन गरेर पीडित परिवारलाई उचित क्षतीपूर्तीको व्यवस्था हुनुपर्ने परिवारको माग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण