१७ औँ किम्फमा २९ देशका ७९ फिल्म
काठमाडौं । बुधबारदेखि काठमाडौँमा अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) आयोजना हँुदैछ । प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृह तथा नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने किम्फको यो १७ औँ संस्करण हो ।
५ दिनसम्म चल्ने महोत्सवमा डकुमेन्ट्री, कथानक फिल्म, लघु फिल्म र प्रयोगात्मक फिल्महरु गरेर २९ देशका ७९ फिल्महरु देखाइने आयोजकले जनाएको छ ।
सर एडमण्ड हिलारीको शत वार्षीकीको अवसर पारेर शुरुवात हुन लागेको महोत्सवको सुरुवात ‘दि एसेन्ट अफ एभरेष्ट’ नामक फिल्मको विशेष प्रदर्शनबाट गर्ने आयोजकको योजना रहेको छ ।
यसपटकको किम्फमा नियमित खण्डमा नेपाल पानोरामामा नेपाली प्रतिभाहरुका १४ वटा फिल्म छानिएका छन् । किम्फमा छनोट भएका फिल्महरुमध्ये उत्कृष्ट छान्नका लागि निर्णायकमा कलाकार अस्मिता रञ्जित (नेपाल), फेस्टिभल डाइरेक्टर गाब्रियला क्हून (पोल्याण्ड), फिल्म निर्देशक ली जे कू (कोरिया), र आरोही फिल कोट्स (बेलायत) रहेका छन् ।
अन्तर्राष्ट्रिय विधातर्फ १७ वटा फिल्म छानिएका छन् ।
किम्फमा तीन उत्कृष्ट लघुफिल्मलाई क्रमशः ४० हजार, ३० हजार र २० हजार पुरस्कार दिइनेछ ।
महोत्सवमा प्रदर्शन हुने चलचित्रमध्ये १७ वटा चलचित्र प्रतिस्पर्धात्मक विधामा छन्, भने ३२ वटा चलचित्र गैर–प्रतिस्पर्धात्मक विधामा छन् ।
महोत्सवको अन्तराष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार प्राप्त गर्नेछन् । महोत्सवको सह–आयोजकमा काठमाडौँ महानगरपालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित (तस्बिरहरू)
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण