मरिन बनिन् विश्वकै कान्छी प्रधानमन्त्री
हेल्सीङ्की । फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छिन् । उनलाई फिनल्याण्ड सोसियल डेमोक्र्याटिक पार्टी (एसडीपी) प्रधानमन्त्रीका रूपमा सोमबार चयन गरेको थियो । फिनल्याण्डको संविधान अनुसार संसदमा सबैभन्दा ठूलो दल एसडीपीले प्रधानमन्त्रीका रूपमा सिफारिस गरेपनि त्यसलाई संसदले अनुमोदन गर्नुपर्ने हुन्छ ।
प्रधानमन्त्री पदबाट राजीनामा दिएका अन्ति रिन्नेको पार्टीले मन्त्रीसमेत रहेकी मरिनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको थियो । उनी आफ्नो पार्टीकी उपाध्यक्ष पनि हुन् । उनले आफ्नो पार्टी अध्यक्षले विरामी विदा लिँदा गत वर्ष पार्टीको नेतृत्व सम्हाल्हेकी थिइन् ।
गठबन्धन सरकारका रहेका पाँच पार्टीमध्ये एसडीपीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री रिन्नेले पदबाट राजीनामा दिएपछि ३४ बर्षीया मरिनलाई सरकारको नेतृत्व गने अवसर जुरेको हो । विश्वमा सानै उमेरमा प्रधानमन्त्री भएका व्यक्तिहरूमा युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ वर्षका हुन् भने न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नको ३९ वर्षको रहेकी छिन् । -सिन्ह्वा/Photo: Getty Images
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पन्जाब किंग्ससँग राजस्थान रोयल्स ५ विकेटले पराजित
-
मधेसमा सत्ताका लागि दलहरूको दौडधुप, नयाँ सरकारको साँचो लोसपाको हातमा
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
दस महिनामा एक लाख ७७ हजार पर्यटकले गरेर अन्नपूर्ण क्षेत्रको भ्रमण
-
स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना