बिष्फोटको ‘सामान’ हेर्दै रमाए दर्शक
काठमाडौं । नाट्यकर्मी बिजय बिष्फोट निर्देशिन लघु चलचित्र ‘सामान’को बिशेष प्रदर्शन गरिएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित बिषेश सो उल्लेख्य दर्शकको सहभागिता रहेको थियो ।
रंग सारथीको प्रस्तुति रहेको ‘सामान’को बिशेष प्रदर्शनमा पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र बिष्ट, सर्वनाम थेयटरका अध्यक्ष अशेष मल्ल , वैदेशीक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमोद कोइराला , नाट्यकर्मी महासंघका सचिव जेबि डीसी, गौरी शंकर गाउँपालीका दोलखाका उपप्रमुख उर्मिला थामी लगायतको उपस्थिती रहेको थियो ।
चलचित्रले उठाएको बिषय सबैले मन पराएर तारिफ गरेको निर्माण युनिटले जनाएको छ । चलचित्रले बिदेशी भुमिबाट ल्याइने शवलाई बिषयको रुपमा उठाएको छ ।
चलचित्रमा यसबी शाही, ज्योती राई, शंकर मैनाली, रोहानी लामा, दिलिप खड्का, राज भट्टराई, सरस्वती अधिकारी, नरेश भुर्तेल, सरिता शाह, कृष्ण शर्मा, कमल गिरी लगायको अभिनय रहेको छ । कुमार राज शर्माको कायकारी निर्माण रहेको चलचित्रको लेखन निर्देशक बिष्फोटले नै गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण