मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
शनिबार, २८ मङ्सिर २०७६, ०८ : २४
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडास्थित बिपी राजमार्गमा पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
शुक्रबार दिउँसो बा९२प ५१९२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकल चालक सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं ३ का २९ वर्षीय प्रकाश दाहालको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परी घाइते भएका सोही ठाउँका ३१ वर्षीय नवराज दाहालको टाउको र खुट्टामा चोट रहेको र उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण