गौरीशङ्कर पेन्टस कारखानामा आगलागी
आइतबार, २९ मङ्सिर २०७६, १७ : ०५
काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका– ११ सतुङ्गलमा गौरीशकंर पेन्टस कारखानामा आगलागी भएको छ । करेन्ट सर्ट भएर सतुङ्गलमा रहेको कारखानामा आगलागी भएको हो ।
कारखानामा लागेको आगलागी काठमाडौँ महानगरपालिकाको बारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी कुमार विक्रम थापाले बताए ।
डीएसपी थापाले भने, ‘दुई वटा दमक र दुईवटा पानी ट्याङ्कीको साथमा आगो नियन्त्रणमा आएको हो । समयमै नियन्त्रणमा आएकाले ठुलो क्षति हुनबाट जोगियो ।’
आगलागीबाट कारखानामा रङ्ग बनाउने मेसिन, केमिकल, कागजपत्र तथा अन्य सरसामान जलेर नष्ट भएको प्रहरीको भनाइ छ । के कति क्षति भयो भने एकीन विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण