पाल्पामा बस र ट्याक्सी एकापसमा ठोक्किँदा ४ घाइते
सोमबार, ३० मङ्सिर २०७६, १७ : ०८
बुटवल । सोमबार दिउँसो पाल्पाको माथागढी गाउँपालिकामा बस र ट्याक्सी एकापसमा ठोक्किँदा ४ जना घाइते भएका छन् ।
स्याङ्गजाबाट पाल्पातर्फ आउँदै गरेको ग १ ज १८८० नम्वरको ट्याक्सी र विपरित दिशाबाट आउँदै गरेको ग १ ख ५१९१ नम्वरको बस एकापसमा ठोक्किँदा ट्याक्सीमा सवार चार जना घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।
घाईते हुनेमा स्याङ्गजाको बिरुवा गाउँपालिका २ का ४० बर्षीय जसबहादुर गुरुङ्ग , पुतलीबजार नगरपालिका वडा नम्वर १२ का ६० बर्षीय योगीमोती गुरुङ्ग , सोही नगरपालिका वडा नम्वर २ का ४३ बर्षीय ( चालक ) जुम प्रसाद गुरुङ्ग र सोही स्थानका २४ बर्षीया कृष्णमाया गुरुङ्ग रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण