टुँडिखेलको संरक्षण गर्न मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छः कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले मन्त्रिपरिषद्बाट निर्णय गराएर टुँडििखेलको अस्तित्व जोगाउनुपर्ने बताएका छन् । अकुपाइ टुँडिखेल अभियानको एक प्रतितिनिधिमण्डललाई पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा भेट्दै उनले सो विषयमा सरकार र महानगरले ठोस र प्रभावकारी निर्णय अविलम्ब गर्नुपर्ने सुझाव दिए ।
‘टुँडिखेललाई हरियो चौरका रुपमा मात्र नभई सांस्कृतिक सम्पदाका रुपमा विकास गर्नुपर्छ, रङ्गशालादेखि रानीपोखरीसम्म एउटै क्षेत्र कायम गरी संरक्षण गर्नुपर्छ’, उनले भने । काठमाडौँ शहरको स्वच्छता कायम राख्न, आपत्कालीन समयमा प्रयोग गर्न तथा देशकै गौरव बढाउने राष्ट्रिय कार्यक्रम गर्न टुँडिखेल उपयोगी हुने बताउँदै उनले टुँडिखेल संरक्षणका निमित्त सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
विजय श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा, महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देन, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेललगायतको सहभागिता रहेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण