जनताको समस्या समाधान गर्न सरकार असफलः मोहन वैद्य
सिरहा । नेकपा (क्रान्तिकारी माओवादी) ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या समाधान गर्न वर्तमान सरकार असफल रहेको आरोप लगाएको छ ।
क्रान्तिकारी माओवादीको मंसिर २६ देखि २९ सम्म बसेको केन्द्रीय समितिको पूर्ण बैठकपछि सिरहाको गोलबजारमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले सरकार चौतर्फी रुपमा असफल बनेको आरोप लगाए ।
उनले भारतीय पक्षद्वारा सार्वजनिक नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भू–भागलाई समेटेको आफ्नो पार्टीले राष्ट्रिय स्वाधीनताको संघर्ष संचालन गर्ने बताए ।
पत्रकार सम्मेलनमा वितरित महासचिव किरणद्वारा जारी प्रेस विज्ञप्तिमा राष्ट्रिय स्वाधीनतासँगै पहिचानसहितको संघीयता लगायत उत्पीडित वर्ग समुदायका जनतन्त्र तथा जनजीविकाका समस्या विरुद्ध आफ्नै पहलकदमीमा संघर्ष गर्ने र कार्यगत एकता तथा संयुक्त मोर्चा निर्माण गरिने उल्लेख छ ।
संघर्षको पहिलो चरण अन्तर्गत पुस महिनाभर पार्टी, जवस मोर्चाको बैठक गरी विभिन्न पक्षसँग अन्तक्र्रिया गर्ने, कार्यगत एकताका लागि छलफल चलाउने, आफ्नै पहलमा मुलुकका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण