नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
सारांश
- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल १५७ रनमा अलआउट भएको छ ।
- आरिफ शेखले सर्वाधिक ४१ रनको योगदान दिए पनि नेपालको शीर्ष क्रमका ब्याटरहरू पुनः फ्लप साबित भए ।
- नेदरल्यान्ड्सका बलरहरूले कसिलो बलिङ गर्दै नेपाली ब्याटरहरूलाई दबाबमा राखेका थिए ।
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल नेदरल्यान्ड्सविरुद्ध मात्र १५७ रनमा समेटिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ९० बल खेल्दै ४ चौका प्रहार गरे । यस्तै गुल्शन झाले ४२ बलमा १ चौका र २ छक्काको मद्दतमा २९ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ४२ बलमा २१ रन जोडे । तल्लो क्रमका करण केसी १३ रनमा अविजित रहे भने सोमपाल कामीले १० रन र आसिफ शेखले १४ रन बनाए ।
नेपालको शीर्ष क्रमका ब्याटरहरू पुनः फ्लप साबित भए । ओपनर कुशल भुर्तेल ९ रन, ईशान पाण्डे ४ रन र कप्तान रोहित पौडेल मात्र ३ रन बनाएर सस्तैमा पेभेलियन फर्किएका थिए । सन्दीप लामिछानेले भने खाता नै खोल्न सकेनन् ।
नेदरल्यान्ड्सका बलरहरूले कसिलो बलिङ गर्दै नेपाली ब्याटरहरूलाई दबाबमा राखे । नेदरल्यान्ड्सका लागि अलेक्ज्यान्डर रोयले ३ विकेट लिए भने लोगान भान भिक र रोयलोफ भान डर मर्वले समान २–२ विकेट हात पारे । यस्तै काइल क्लाइनले १ विकेट लिए ।
नेपाली टोलीको ब्याटिङमा देखिएको खराब प्रदर्शनले निरन्तरता पाएको छ । यसअघि अस्ति भएको खेलमा पनि नेपाल नामिबियासँग ८ विकेटको भारी अन्तरले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण