बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

तिलले कोलेस्ट्रोल कम गरेर हड्डी बलियो बनाउँछ, जाडोयाममा पक्कै खानुहोस् तिलको लड्डु

बुधबार, ०२ पुस २०७६, १२ : २१
बुधबार, ०२ पुस २०७६

यो वर्षको मध्य जाडो सुरु भइसकेको छ । कतिलाई जाडो मौसममा विभिन्न खानेकुरा खाने इच्छा हुन्छ । जोडोयाममा जे खाँदा पनि सजिलै पच्ने गर्छ । आज हामी तपाईंलाई एउटा यस्तो खानुकुराबारे जानकारी दिँदै छौं जसको सेवनले तपाईंको मुखको स्वाद नै परिवर्तन हुने गर्छ । स्वाद मात्रै होइन, यसले स्वास्थ्यलाई पुर्याउने फाइदाबारे थाहा पाउँदा चकित पनि पर्नुहुनेछ ।

यहाँ कुरा हुँदैछ तिलको लड्डुबारे । साधारणतया तिलको लड्डु माघे सक्रान्तिमा खाइन्छ । वास्तवमा यसको सेवन यति फाइदाजनक छ कि चिसो मौसम सुरु हुनेबित्तिकै तपाईंले यसको सेवन सुरु गर्न सक्नुहुन्छ । आज हामी यसको फाइदाबारे कुराकानी गर्नेछौं ।

छालाः

छालाको लागि तिलको तेल निकै फाइदाजनक हुन्छ । तिलको तेलको उपयोगले छालाले आवश्यक पोषण, मोइस्चर पाउने गर्छ ।

तनाव र डिप्रेशनः

तिल भिटामिनयुक्त पदार्थ हो । तिलको नियमित प्रयोग गर्दा तनाव र डिप्रेसनजस्ता समस्या पनि कम हुने गर्छ ।

कोलेस्ट्रोलः

तिलमा मोनो–स्याचुरेटेड फ्याटी एसिड पाइन्छ जसले शरीरमा कोलेस्ट्रोल कम गर्ने काम गर्छ ।

मुटुरोगः

तिलको उपयोग गर्दा मुटुरोगीलाई पनि फाइदा मिल्छ ।

क्यान्सरः

तिलमा सेसमिन नामको एन्टिअक्सिडेन्ट हुन्छ जसले क्यान्सरजस्तो रोगको कोसिका बढ्न दिँदैन ।

मुटुका मांसपेशीः

तिलमा भएको क्याल्सियम, आइरन, म्याग्नेसियम, जिंक र सेलेनियमजस्ता तत्वले मुटुका मांसपेशीलाई सक्रिय रुपमा कम गर्न मद्दत गर्छ ।

हड्डीको विकासः

तिलले बनाइएको खानेकुरा आफ्ना बालबच्चालाई पनि खुवाउनुहोस् । तिलमा डाइट्री प्रोटिन र एमिनो एसिड हुन्छ जसका कारण यसको सेवनले हड्डीको विकास हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप