५ हजार ७ सय वर्ष पुरानो चुइङ्गमले ढुङ्गे युगकी महिलाको डिएनए खोजियो
डेनमार्कको सिलथोलममा उत्खननको क्रममा ५ हजार ७ सय वर्ष पुरानो ‘चुइङ्गम’ भेटियो । अनुसन्धानकर्ता यसको मद्दतले ढुङ्गे युगकी एक महिलाको डिएनए पत्ता लगाउन सफल भएका छन् । मानव हड्डीबाहेक अन्य नमुनाबाट एउटा युगको व्यक्तिको डिएनए पत्ता लगाइएको यो पहिलो घटना हो । जुन महिलाले चुइङ्गम चपाएकी थिइन्, उनको कालो कपाल र कालो वर्ण भएको र आँखा निलो भएको वैज्ञानिकले जानकारी दिएका छन् ।
अनुसन्धानकर्ताले ढुङ्गे युगकी ती महिलाको नाम लोला राखेका छन् । अनुसन्धानकर्ताका अनुसार लोला जहाँ बस्थिन् त्यहाँका मानिसहरु मुख्य रुपमा माछा समात्ने काम गर्दथे र जीविका चलाउनका लागि शिकार गर्दथे । यो अध्ययन जर्नल नेचर कम्युनिकेशनमा प्रकाशित गरिएको छ ।

Artistic reconstruction. (Tom Björklund)
मुखमा भएको किटाणुबारे पनि पत्ता लाग्योः
शोधकर्ताका अनुसार रुख तातेपछि त्यसको बोक्राबाट निस्कने र्यालजस्तो पदार्थ ती महिलाले चपाएकी थिइन् जसलाई अहिले ‘चुइङ्गम’ नाम दिइएको छ । यसमार्फत् उनको मुखमा भएको किटाणुबारे पनि पत्ता लगाइएको छ । यो खोजमार्फत् वैज्ञानिकले ती किटाणु हज्जार वर्षमा कसरी परिवर्तन हुन्छ र भविष्यमा कसरी विकसित हुनसक्छ भनेर थाहा पाउन मद्दत गर्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण