जावलाखेलको पहिलो जित, सरस्वती क्लब १–० गोलले पराजित
शनिबार, ०५ पुस २०७६, १५ : ४०
काठमाडौं । जावलाखेल युवा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ ।
एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा शनिबार भएको खेलमा जावलाखेलले सरस्वती युवा क्लबलाई १–० गोलले हरायो । जावलाखेलको जितमा ड्याडी जुनियर वाम्वाले गोल गरे । वाम्वाले १०औं मिनेटमा गरेको गोलनै जावलाखेलको जितमा निर्णायक बन्यो ।
जावलाखेलले त्यसपछि पनि लगातार गोलको अवसर बनाएको थियो । सरस्वतीले केही फितला अवसर बनाएपनि गोल गर्न सकेन । यसजितसँगै जावलाखेलले चार अंक बनाएको छ ।
लिगको पहिलो खेलमा जावलाखेलले ललितपुरकै अर्को टोली थ्रीस्टारलाई बराबरीमा रोकेको थियो । सरस्वतीले भने लगातार दोस्रो हार खेपेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण