फ्लप फिल्मको हिट हिरोइन वर्षा !
काठमाडौं । केही समय अगाडि दुवईमा आयोजित फिल्म छायाछवी अनर अवार्डमा अभिनेत्री वर्षा शिवाकोटीले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् ।
‘नाईं नभन्नू ल २’ फिल्मबाट अभिनयमा डेब्यु गरेकी वर्षको यो नै पहिलो अवार्ड भने होइन । उनले केही अन्य अवार्ड समेत थापिसकेकी छन् ।
करिब दुई दर्शन बढी फिल्म अभिनय गरेकी सिवाकोटीको फिल्मी करिअरको ग्राफ खासै सन्तोषजनक देखिन्न । लगातार फिल्म अभिनय गरेपछि ‘पशुपति प्रसाद’ बाहेक उनको अन्य फिल्मले फ्लप फिल्मको सूची बढाएको छ ।
उनी पछिल्लो समय ‘वीर वीक्रम २’मा देखिएकी थिइन् । चर्चा बढी भएको यो फिल्मले पनि राम्रो ब्यवसाय गर्न सकेन । फिल्मको प्रदर्शनपछि आफूले हिट हिरोइनको ट्याग पाउने उनको सपना थियो । त्यो सपमा फिल्मको असफलतासँगै तुहियो ।
एकपछि अर्काे गर्दै बक्सअफिसमा फिल्म फ्लप भएपनि उनको हातमा फिल्मको भने कमी छैन । उनले लगातार अभिनयमा ब्यस्त छिन् । फ्लप फिल्मको सूचीले उनको अभिनय करिअरमा कुनै असर नपरेको देखिन्छ ।
केही समय अगाडि हास्यकलाकार शिवहरी पौडेलको फिल्म ‘लक्का जवान’ सकाएकी वर्षाको हातमा अहिले ‘चालबाज’ र ‘सुदूर’ फिल्म परेका छन् ।
‘चालबाज’ अभिनेत्री केकी अधिकारीले व्यस्तताका कारण छोडेर पाएकी हुन्, भने ‘सुदूर’मा निर्देशक रमेश बुढाथोकीले उनलाई छानेका छन् ।
यी बाहेक अझै केही फिल्मको अफर उनको हातमा छ । जसको कथा अध्ययन उनी गरिरहेकी छन् । लगातार फ्लप फिल्म दिएकी बर्षा अभिनयमा भने हिट भइरहेकी छन् । उनको हातमा रहेको फिल्मको संख्याले पनि या अनुमान लगाउन सकिन्छ ।
सायद, त्यसैले पनि होला चलचित्र क्षेत्रमा उनलाई अचेल फ्लप फिल्मकी हिट हिरोइनको रुपमा चर्चा गर्न थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण