काठमाडौंको तापक्रम माइनसमा पुग्न सक्ने
काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ । यो काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो ।
बुधबार उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस थियो । मौसमविद् गङ्गा नगरकोटीका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । “पश्चिमी वायुको प्रभाव पुन दोहोरियो भने यस वर्ष उपत्यकाको तापक्रम माइनसमा पनि पुग्न सक्छ ।” मौसमविद् नगरकोटीले भने ।
महाशाखाले तराईका भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु/कुहिरो रहेकाले राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आई चिसो नै रहने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनु उपयुक्त हुने जनाएको छ ।
साथै यात्रामा पर्नसक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गरेकाले चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ । त्यसैगरी दिपालय ३.५, पोखरा ६.०, सिमरा १०.०, धनकुटा ५.९ र ओखलढुङ्गाको ३.५ डिग्री सेल्सियस मापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण