गुर्जुधाराको त्यो ‘हिट एण्ड रन’ घटनाः कोटेश्वरको सीसीटिभी हेरेर पत्ता लाग्यो ट्रक
काठमाडौँ । मङ्गलबार बिहान ५ः३० बजे चन्द्रागिरी नगरपालिकास्थित गुर्जुधारामा पर्वत ठुलेपोखरी गाउँपालिका–४ स्थायी घर भएका अर्जुन कुमार केसीलाई ठक्कर दिने गाडी र चालक २ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटाका डीएसपी घनश्याम श्रेष्ठका अनुसार ‘हिट एण्ड रन’ केसका गाडी चालक रविन पौडेल र ना८ख ३४२४ नम्बरको ट्रक प्रहरीले ललितपुरको चापागाउँबाट नियन्त्रणमा लिएको हो ।
इट्टा लोड गरेको गाडी लिएर पौडेल ललितपुरको चापागाउँ जाँदै थिए ।
ललितपुरको चापागाउँ जानुपर्ने गाडी दुर्घटनालगत्तै तीब्र गतिमा कुदाएर पौडेल कोटेश्वर हुँदै पेप्सीकोला पुगेका थिए । लुकेर बसेका पौडेल राती मात्र इट्टा लिएर चापागाउँ आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
‘कोटेश्वरको सीसीटिभी फुटेजको आधारमा गाडीको नम्बर पहिचान गरेर प्रहरीले गाडको खोजीकार्य व्यापक बनाइएको थियो,’ डीएसपी श्रेष्ठले बताए ।
प्रदेश ३–०२००९ प ७६२१ को साइन मोटसाइकलमा छोरालाई स्कुल पुर्याउन गएका बेला गाडीले ठक्कर दिँदा केसीको घटनास्थलमै मृत्यु भएको थियो । केसीका छोरालाई भने सामान्य चोट लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण