एनसेल मेलामा झुम्यो बुटवल
बुटवल । एनसेलले शनिबार बुटवलमा आयोजना गरेको ‘एनसेल मेला २०७६’ मा आगन्तुक तथा दर्शकहरुले भरपुर मजा लिएका छन् । दर्शकले चर्चित कलाकारहरुको प्रस्तुतीसँगसँगै गाउदै नाच्दै रमाईलो गरेका थिए त्यसैगरी बालबालिकाहरुले विविध खेल र गतिविधीहरुबाट मनोरञ्जन लिइका थिए ।
यो मेला एनसेलले आफ्नो ब्राण्डको सार ‘आज, भोलि ,सधै सँगै’ को अनुरुप नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पु¥याउँदै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ सिद्धेश्वरी स्कूल मैदान, दीपनगरमा आयोजना गरेको थियो । विविध मनोरञ्जनात्मक कार्यक्रम तथा गतिविधिहरुले भरिपूर्ण मेला निर्धारित समय भन्दा केही ढिला १२ बजे शुरु भइ गीतसंगीतसहित दिउँसो ३ बजेसम्म चलेको थियो ।

मेलामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न यस क्षेत्रका पर्यटन गन्तव्य र आकर्षणहरुको बारेमा प्रवर्द्धन गरिएको थियो भने गायकहरु दिपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालिप्रसाद बास्कोटा, मेलिना राई, टीका प्रसाईले आफ्नो प्रस्तुतीहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । मेलामा कलाकार रेमन दास श्रेष्ठ र साहना बज्राचार्यका ेउद्घोषणले दर्शकहरुलाई थप मनोरञ्जन प्रदान थियो ।
मेलामा गेम स्टलहरु, विभिन्न थिम गेमहरु र ओकुलस भर्चअलजोन जस्ता विषेश आकर्षणहरु रहेका थिए । बालबालिकाका लागि किड्स जोनमा पेन्टिङ्ग, प्लेडो, लेगो, प्रि गो होभर बोर्ड, मिनी गो कार्ट, पोगो स्टिक,इन्फ्लेटेड क्यासल, डक फिसिङ्ग र एङ्ग्री बर्डलगायतका विभिन्न रमाईला गेभहरुबाट मजा लिएका थिए ।

थुप्रै खेल तथा गतिविधीहरु जस्तै पेनाल्टी किक, ब्यालेन्स द ह्याङ्गर, नि ट्रेम्बलर, स्नुकर प्रोमा युवाहरुभरपुर मनोरञ्जन लिईरहेका थिए । मेलामा दर्शक तथाआगन्तुकहरुले एनसेलको फोरजी र अरु प्रोडक्टहरुका थिम गेमहरुको मजा लिदै आकर्षक पुरस्कारहरु जित्न सफल भएका थिए भने र कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरुका बारेमा पनि जानकारी लिनुका साथै फोरजी सिम लिन लगायत आफ्नो पुरानो सिम फोरजीमा अपग्रेड गर्न पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण