छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ को मृत्यु
काठमाडौं । काठमाडौं, सप्तरी, पाल्पा र झापाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ ।
काठमाडौं, काठमाडौं महानगरपालिका-३१ प्रयागमार्ग मिनभवनस्थित सडकमा बा.३ क १७४२ नम्बरको टिपरको ठक्करबाट शनिबार बेलुका गम्भीर घाइते भएकी पैदलयात्रीलाई हाल नाम,थर,वतन नखुलेकी करिब ६५ वर्षीय महिलाको सिभिल अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको छ । टिपरलाई नियन्त्रणमा लिनुका साथै हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी सप्तरीको कंचनरुप नगरपालिका-४ कविलाशा टोलस्थित सडकमा शनिबार दिउँसो को.२ त ९४०२ नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थान बस्ने ८० वर्षीया गुदरी देवी पासवानको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका-३ ड्याम साईडस्थित सडकमा लु.२ ख १७६३ नम्बरको टिपर र लु.१९ प २८०३ नम्बरको स्कुटर आपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक रुपन्देही बुटवल उपमहानगरपालिका-१३ बस्ने २५ वर्षीय सिद्धान्त थापाको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी झापाको दमक नगरपालिका-५ यलम्बर चोकस्थित सडकमा को.३५ प ७७२१ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई शनिबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक ईलाम महमाई गाउँपालिका बस्ने ३६ वर्षीय राजकुमार लिम्बुको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण