बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मलद्वारमा सुन, आधा किलो सुनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

मङ्गलबार, १५ पुस २०७६, १५ : ०४
मङ्गलबार, १५ पुस २०७६

मलद्वारमा सुन लुकाएर ल्याउने एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले आधा किलो सुनसहित भारतको महाराष्ट्र बस्ने हरिराम सुनिललाई मङ्गलबार बिहान पक्राउ गरेको हो ।

दुबई एयरलाइन्सबाट दुबई हुँदै नेपाल आउनेक्रममा विमानस्थल चेकजाँच गर्दा उनको साथबाट आधा किलो सुन फेला परेको थियो ।

प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप