काँग्रेसले भन्यो–एमसीसी अवरुद्ध गर्न खोजियो, तत्काल संसदमा पेस गरियोस्
काठमाडौँ । नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई अवरुद्ध गर्ने प्रयास भएको टिप्पणी गरेको छ ।
काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमसीसीले देशको विकासमा महत्वपूर्ण योगदान दिने दावी गरे ।
उनले काँग्रेस नेतृत्वको सरकारको पालमा एमसीसी सम्झौता भएको उल्लेख गर्दै त्यसलाई तत्काल संसदमा पेस गर्न समेत माग गरे ।
‘काँग्रेस नेतृत्वको सरकारका पालामा हालसम्मकै सबै भन्दा ठूलो अनुदान सहयोगको अमेरिकी सरकारसँग भएको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई यो या त्यो बाहानामा अवरुद्ध गर्न खोजिएको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ’ प्रवक्ता शर्माले भने, ‘देशको विकासका लागि महत्वपूर्ण योगदान पु-याउने सो सम्झौता तत्काल संसदमा पेश गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ ।’
काँग्रेसले जननेता वीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति प्रतिपादन गरेको पुस १६ गतेको पूर्व सन्ध्यामा पार्टीको घरेलु जीवनको एकतामा जोड दिएको छ । पार्टीभित्र पछिल्लो समय विवाद चुलिएको बेला काँग्रेसले आन्तरिक एकतामा जोड दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विचारधारा : यो के हो, किन आवश्यक छ?
-
सुदूरपश्चिमको बजेट : सत्ता साझेदारकै असन्तुष्टिले संसद्मा पुग्न सकेन, विकासको एजेन्डा ओझेलमा
-
रुपन्देहीका किसान बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य
-
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
-
रोमाञ्चक पहिलो हाफमा इंग्ल्याण्डलाई अग्रता
-
मेक्सिकोले एक गोल फर्कायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण