बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डान्सबारमा भारतीय नागरिकलाई लुटेको आरोपमा चार जना पक्राउ

बुधबार, १६ पुस २०७६, १२ : ४५
बुधबार, १६ पुस २०७६

काठमाडौँ । काठमाडौँस्थित एक डान्सबारबाट भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१ हात्तिसारस्थित फोकस डान्सबारमा भारत उत्तराखण्ड घर भएका गणेश सिंह बगडवाल लगायत ७ जनाको साथमा भएको ९० हजार भारतीय रुपैयाँ लुटपाट गरेको अभियोगमा ४ जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही डान्सबारमा काम गर्ने ललितपुर भैँसेपाटी डेरा गरी बस्ने नुवाकोट त्रिशुली घर भएका २४ वर्षीय सनिगरु आचार्य, गोरखा घर भएका १९ वर्षीय सनिल मग्रराती, गोरखा घर भएका ३१ वर्षीय शिव थापा र मोरङ घर भएका १९ वर्षीय अभिषेक राई रहेका छन् ।

महानगरीय प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

साथै उक्त डान्सबारको काउन्टरबाट १ लाख ५८ हजार ८ सय ३० भारतीय रुपैयाँ र २६ हाजर ९ सय २० नेपाली रुपैयाँ समेत प्रहरीले अनुसन्धानका लागि बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप