सुरुङमार्गको युग सुरु
मुलुकको सडक यातायातलाई सहज र सुलभ बनाउन सुरुङ मार्गको युग सुरु भएको छ । हाल एउटा सुरुङ मार्गको निर्माण कार्य सुरु भएको छ भने अन्य छवटा सुरुङ मार्गको अध्ययन सकिएको छ ।
त्यसैगरी एउटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । बाँकी पाँचवटाको प्रारम्भिक अध्ययन भइरहेको छ । नेपालको सडक यातायात प्रणालीलाई आधुनिकीकरण गर्न सुरुङ मार्गको अध्ययन तीव्र पारिएको छ । जुन गतिमा अध्ययन भइरहेको छ तर त्यही गतिमा निर्माण कार्य भने सुरु भइसकेको छैन ।
समृद्धि र विकासलाई तीव्रता प्रदान गर्न सरकारले सुरुङमार्ग निर्माणमा जोड दिएसँगै मुलुकको यातायात सुरुङ युगमा प्रवेश गर्न लागेको भनाइ सरकारको छ । नागढुङ्गादेखि सिस्नेखोलासम्म सुरुङमार्गको निर्माण कार्य सुरु भइसकेको छ ।
पूर्वी नवलपरासी र पश्चिमी नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा, सिन्धुली जिल्लामा पर्ने बीपी राजमार्गअन्तर्गतको खुर्कोटमा, दोलखा जिल्लाको लामाबगरमा सुरुङमार्गको ‘सम्भाव्यता अध्ययन’ प्रतिवेदन तयार भई निर्माण सम्भव देखिएको छ ।
त्यसैगरी मध्यपहाडी राजमार्गअन्तर्गत पोखरा–बाग्लुङ खण्डको हेम्जामा, मकवानपुरको भीमफेदी–कुलेखानी खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने
-
झापामा एक वर्षमा ५ करोडको अवैध सामान बरामद
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण