घरआँगनमै नाच्न थाले कस्तुरी
रसुवाको लाङ्टाङ जङ्गलमै दुर्लभ बन्दै गएको कस्तुरी अचेल लाङ्टाङवासीका घरआँगनमा नाच्न थालेका छन् । लाङ्टाङमा कस्तुरीको सङ्ख्यामा वृद्धि भएपछि स्थानीय बासिन्दाका घरआँगनमा कस्तुरी देखिन थालेका हुन् । कस्तुरीका लागि आवश्यक चरिचरन र वासस्थान सुरक्षित भएपछि सङ्ख्या बढेको हो ।
लाङ्टाङ राष्ट्रिय निकुञ्जले यस क्षेत्रका जङ्गलमा दाउरा काट्न नदिएपछि कस्तुरीको सङ्ख्या वृद्धि भएको स्थानीयवासी बताउँछन् । लाङ्टाङवासीले दाउराको सट्टा वैकल्पिक ऊर्जा र ग्यास प्रयोग गर्न थालेसँगै जङ्गल संरक्षण भई कस्तुरी बढ्न थालेको हो । अहिले घरआँगनमा कस्तुरी नाच्न थालेको स्थानीय ग्याल्बु लामाले बताए ।
लाङ्टाङमा वैकल्पिक ऊर्जा प्रयोग र जङ्गल संरक्षण गर्न राष्ट्रिय निकुञ्ज, नेपाली सेना, मध्यवर्ती क्षेत्र उपभोक्ता समूह र हिम चितुवा संरक्षण समूहले नियमित गस्ती थालेपछि कस्तुरी तथा वन्यजन्तु बढेका छन् । लाङ्टाङ गाउँमाथि र क्यान्जिन हिम उपत्यका पारिको जङ्गलमा ठूलो सङ्ख्यामा कस्तुरी देख्न थालिएको लामाले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा हेमनाथ खतिवडाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने
-
झापामा एक वर्षमा ५ करोडको अवैध सामान बरामद
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण