सिटी र लेस्टर एफए कपको चौथो चरणमा
इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र लेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् ।
शनिबार राति भएको खेलमा सिटीले चौथो श्रेणीको क्लब पोर्ट भेललाई ४–१ गोलले हरायो । लेस्टर सिटीले विगान एथ्लेटिकलाई २–० गोलले पराजित ग¥यो । घरेलु मैदानमा सिटीलाई जिताउन अलेक्सान्डर जिन्चोन्को, सर्जियो अगुएरो, हारवुड वेलिस र फिल फोडेनले गोल गरे । पोर्ट भेलका टोम पोपीले सान्त्वना एक गोल फर्काए ।
१९ औँ मिनेटमा अलेक्सान्डर जिन्चोन्कोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा पोर्ट भेलका टोम पोपीले बराबरी गोल फर्काए । त्यसपछि ४२ औँ मिनेटमा सर्जियो अगुएरोले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए । हारवुडले ५८ औँ मिनेटमा र फोडेनले ७६औं मिनेटमा गोल गर्दै सिटीलाई सहज जित दिलाए ।
अर्को खेलमा लेस्टरलाई जिताउन हार्वे वार्नेसले ४० औँ मिनेटमा गोल गरेका थिए । यसअघि १९औं मिनेटमा विगानका टोम पर्सेको आत्मघाती गोल सहयोगमा अग्रता लिएको थियो ।
एफए कपकै अन्य खेलमा बर्नलीले पिटरब्रोउलाई ४–२ गोलले हरायो । म्यानचेस्टर युनाइटेड वल्भ्ससँग गोलरहित बराबरीमा रोकियो । फुलहामले एस्टनभिल्लालाई २–१, नर्विच सिटीले प्रिस्टनलाई ४–२ र बर्नमाउले लुटनलाई ४–० गोलले हराउँदै चौथो चरणमा स्थान बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण